विश्वको यो निलोत्पलमा छरी जलहीरा
वसन्त छाईदेउन ए ! छविका मधुसीरा
सादृश्यमा नजर कसैको छैन भित्रभित्रै
शैलका पहराहरुमा लागेका छन् धमिरा
संसार रसिलो विषे छ अति धन्य-धन्य
यसैबीच मौलाउन जान्ने छन् रातापिरा
क्वै लेट्छ परिश्रम गरि यो पृथिवीबाटै
बिना पंखा चन्द्रमा पुगे बनायो फकिरा
दुखसुख गाई मन फिरे निर्मल भक्तिकै
किरण त झट्ट उज्यालियो पर्छ चिराचिरा ।।