Sansar News- Online for Global Nepali

कथा: बेअर्थको साइनोहरू

राजनारायण राई,सोनादा, दार्जिलिङ्ग
२ महिना पहिले

खोलाको पानी सललल बगिरहेकोछ । रूखहरूले नयाँ पौला हुर्काउँछ फेरि पात झरेर पतझड़ भई परिवर्तनको अथक बोध गरिरहेकै हुन्छ ।

मानिसहरू यही गतिविधि भित्र जीवन धान्नु कति आतुर देखिन्छन् । यस्तै समय परिक्रमाको परिधिभित्र दुःख–सुख कहिले होशमा कहिले बेहोशमा जीवन व्यतित गरिरहेका छन् मने ।

आँगनमा बसेर मने खै कुन्नि के के सोचिरहेको हुन्छ । त्यही समय उसको स्वास्नी धनमती फिक्का चिया लिएर आइपुग्छीन् अनि चियाको कप अघि राखिदिदा मात्र मने झस्किन्छ । धनमतीले भित्र बस्नु नि ! किन आँगनमा बिसिराको “लाटा“ भनी प्यारो बोलीले आग्रह गर्दै रहेछीन् । मनेले मुसुक्क हाँसेर बुझेर हो या नबुझी प्यारी स्वास्नीको आग्रहलाई स्वीकृति गरे झै चिया कप थापी घरभित्र लम्किहाल्छ । बिचरा मने कम्ती सुन्छन् । कान कमजोर हुनाले जोड़ले नै बोलाउनु पर्ने एउटा बाध्यता थियो ।

जे होस् मनेको राम्री स्वास्नी छे । मनेलाई स्वास्नीले हरेक काममा हात बड़ाई सहयोग गर्ने गर्थीन् । मने कहिले गज्जकै परेर आफ्नो स्वास्नीको बड़ी बड़ाई गथ्र्यो ।
रूप–रंग कुनै स्वार्थी मोहोले होइन तर मनेको भित्री पट्टिको प्रेम स्वीकारी आफु मनेप्रति समर्पित बनेकी प्यारी धनमती । कति आँटिलो मानवताले भरिएको एउटी निस्वार्थ नारी थिइन् ।

मनेलाई पारिवारिक चिन्ता साथै दिन प्रतिदिन बेरोजगारीको चपेटामा चेप्टीएर चेप्टो, नेप्टो खै के के नै भइसकेको जस्तो नै लाग्दथ्यो । तर, पनि हार नखाई संघर्ष गर्नु सिपालु छन् मने । उ कहिले ढुङ्गामा कहिले बालुवामा त कहिले दाउरा बेचबिखन देखि भ्याए जति सप्पै कामहरूसंग साइनो गाँस्नु खप्पिस छन् । मनेले यसरी नै जिविका धान्नु सिकिसकेका छन् । बाँच्नु जानिसकेका छन् ।

अब के गरोस् ! मनेले बोल्नै भएन । एक त चाउरे आफैलाई प्रतिष्ठित मान्छ । अब आफ्नो पक्ष राख्यो भने उल्टै आइलाग्ने डर । अर्को कुरा आफ्नै दस नङग्रा खियाएर खाँदा पनि चौउरे जस्ताहरूको पीर । मने एक्लै गनगन गर्छ । हे ! इश्वर, बहिरोपन हुनु पनि आफ्नैहरूबाट हेपिनु पर्ने कस्तो बेस्वाद, चेत खुलाई देउ यि साँड़ेहरूको भन्दै नियास्रो परेर आकाश तिर हेर्छ। अनि मनमनै सोच्छ….. ईर्ष्या र स्वार्थले आफ्नैहरूको टाउको किल्चिएर निर्धक्क बाँच्नुमा मज्जा मान्दोरहेछ चाउरे मोरो । कति नमिठो, कति नमजा लाग्दो हाम्रो संस्कार । बाठ्ठे भनौदा चाउरेको बुद्धि भर्खर बुझ्दैछु । कति सानो मनले बाँच्न सकेको । आफ्नो मान्छे हुन् नि तर छि… छि… बेअर्थको साइनोहरू यसरी नै मने बरबराउँछन् पनि ।

त्यही गाउँको चाउरे भने मनेसंग खुब जल्थ्यो । उ आफ्नै मान्छे । एउटै गोत्र । हेर्नुमा हृष्ट–पुष्ट खाईलाग्दो एक घुस्सी हाने घुपलुक्क पारिदिनेखाले वजनदार देखिए पनि चरित्र भने ठ्याक्क नामानुसारकै चौउरिएको उस्तै बुद्धि थिएछ । आफ्नुहरूको आड़मा मनेलाई खुब हेप्नु खोज्थ्यो । बिचारा मने सहेर पनि चुप बस्थ्यो । बुझे पनि नबुझे झै गर्ने गथ्र्यो किन भने चाउरे पढ़ाको लेखेको अनपढ़नै थियो ।

चाउरेले आफुलाई खुब बुद्धिमानी ठान्थे । उसलाई हेर्नुमा पनि बाठ्ठे ढाँचाको देखिन्थ्यो । गाँव घरमा उत्तिकै सत्कार पाएको मान्छे तर पनि किन हो किन मनेलाई हेरी सहन्थेन । सानो–सानो कुरामा मनेलाई हांँसोको पात्रो बनाई छोड़थ्यो ।

एक रात हुरी चल्यो । मनेको पेशा नै उस्तै थियो । बिहानै एक भारी सुक्खा दाउरा खोजेर भारी बोकी चाउरेकै बाँझोबारी पारेर घर फर्की आएछ । त्यो कुरा चाउरेले थाहा पाएछ । एक त मन नपराको मान्छे अर्को आफ्नो बारीमा हिड़ेको दोषी भेटाएपछि रीसले रपिएर मनेलाई खोजेछ तर भाग्यवश मनेलाई घरमा भेटेन र खतरा टर्यो ।

त्यसरी नै त्यो दिन बितेर गयो । चाउरे आफै चिसो पानी बन्नु पर्यो, मन भरी प्रतिशोध लिएर । त्यसैले होला मने भेट्नै नसकेपछि भोलिपल्ट बिहानै कालो कोइलाले बाँसको खपेटामा लेखिराखेछ– ‘अब चोर जस्तो मेरो बारीको कन्लाबाट हिड़्लास् लाखेस् ।’ लु ! हेर यति सानो कुरामा कति घिनौना बिवेक एउटै धाराको पानी खानेहरू….एउटै आँगनमा रमाउनेहरू भएर पनि यस्तो घटिया ब्यवहारिकताले कसको छाती पोल्दैन र ? कसलाई बिस्वाद हुँदैन र ?

अब के गरोस् ! मनेले बोल्नै भएन । एक त चाउरे आफैलाई प्रतिष्ठित मान्छ । अब आफ्नो पक्ष राख्यो भने उल्टै आइलाग्ने डर । अर्को कुरा आफ्नै दस नङग्रा खियाएर खाँदा पनि चौउरे जस्ताहरूको पीर । मने एक्लै गनगन गर्छ । हे ! इश्वर, बहिरोपन हुनु पनि आफ्नैहरूबाट हेपिनु पर्ने कस्तो बेस्वाद, चेत खुलाई देउ यि साँड़ेहरूको भन्दै नियास्रो परेर आकाश तिर हेर्छ। अनि मनमनै सोच्छ….. ईर्ष्या र स्वार्थले आफ्नैहरूको टाउको किल्चिएर निर्धक्क बाँच्नुमा मज्जा मान्दोरहेछ चाउरे मोरो । कति नमिठो, कति नमजा लाग्दो हाम्रो संस्कार । बाठ्ठे भनौदा चाउरेको बुद्धि भर्खर बुझ्दैछु । कति सानो मनले बाँच्न सकेको । आफ्नो मान्छे हुन् नि तर छि… छि… बेअर्थको साइनोहरू यसरी नै मने बरबराउँछन् पनि ।

मनेको गनगन संगै दिन बित्छ, रात बित्छ, अनि त्यसरी नै महिना बित्दै जान्छ । धनमति चुल्हा चौकासंगै ब्यस्त रहन्छिन् । मनेको व्यस्तता पनि उत्तिकै छदैछ । चेत नपुगेको समय भने घड़ीको सुईसंगै घुमिरहन्छ् घुमिरहन्छ…. टिक… टिक. टिक… टिक… निरन्तर………. ।।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ४ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ६ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…