जरुवाले पानी जस्तै, बगाउनु मायाँ !
छायाँ बनी सँधै भरी,बस्नु दायाँबायाँ !!
चाहिदैन हिरामोती, चाहिदैन सुन !
सँधै सँधै तिमी सँगै,पाउँ साथ हुन !!
तिमी नै हौ तारा मेरो, तिमी नै हौ जुन !
धेरै केही माग्दिन म, यति लाऊ गुन !!
पाई राखुँ शिर माथि,त्यो सितलु छायाँ !
छायाँ बनी सँधै भरी, बस्नु दायाँबायाँ !!
सुनौलो बनाउँ प्यारा,यो जोडीको कथा !
हाम्रो दैलो नटेकुन् है, कुनै पीर व्यथा !!
पछि पार्दै लैला मज्नु, मुना र मदन !
जीत्नु पर्छ त्यो कथाले, दुनियाँको मन !!
नपरोस भूत प्रेत, पिचासको शाया !
छायाँ बनी सँधै भरी, बस्नु दायाँबायाँ !!
जरुवाले पानी जस्तै ,बगाउनु मायाँ,
छाया बनी सँधै भरी, बस्नु दायाँबायाँ !!