back

कविता: भाषानै भगवान हो

वि.सं.२०७७ मंसिर ६ शनिवार

267 

shares
NTC AD
Global IME AD

कणकणमा भगवान भएझै
मानवको जाति जातिमा छ
एक एक भाषा
चाहे नेपाली होस्
बर्मेली या अरबी
अंग्रेजी, रुसी, फ्रान्सेली या पुर्तगाली
त्यसैले म भन्ने गर्छु
भाषानै भगवान हो ।

आमाले कानेखुसी गरेको
प्रत्येक जातजातिका
मानवले आ–आफ्नो हावभावमा
भिन्नाभिन्नै घरघरै बोल्ने,
गाउने र स्तुति गर्ने
आफ्नो जन्मसिद्ध अधिकार मानेको
आफ्नो हो भनेर गर्व गर्न सकिने
त्यहिनै हुनुपर्छ आफ्नो भाषा ।

मातृभाषा नामले धन्य भएको
त्यसैले म भन्ने गर्छु
भाषानै भगवान हो
भाषा बिना जान्दिन लेख्न मैले कविता
भाव पुराना मात्र छन्
शब्दमा छैन नविनता छैन्
चिन्तनशील भएर लेख्दा पनि
पढ्ने जतिले भन्दिन्छन्
ठीक छैन कविता ।

अनेक शब्दलाई जोडेर लेख्छु
ठीक छैन भनिदिन्छन्
पाना च्यातेर फ्याकिदिन्छु
कविहरु कसरी लेख्छन् कविता
प्राचिनलाई पनि शब्दले बनाई नबिनता ।

ममा किन छैन कविता लेख्ने शीप
के म भित्र
बल्न सक्दैन कवित्वको दीप
अझै पनि म कोशिस् गर्छु
लेख्न कविता
भाषानै भगवान हो भनिदिएता ।

वि.सं.२०७७ मंसिर ६ शनिवार १०:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...