back

आज आइतबार हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ! आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ मंसिर ७ आइतवार

123 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ । सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । काम अड्किए पनि लाभांश प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले काममा खट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च बढ्न सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ । तर आतिथ्य भने अलि खर्चिलो बन्ने देखिन्छ । विलासी वस्तुका लागि पनि खर्च बढ्न सक्छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्व आकर्षित बन्नेछ । नाम, दाम र इनाम हातलागी हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । तर, आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ ।

वि.सं. २०७७ मंसिर ७ आइतवार (इ.स. २०२० नोभेम्बर २२) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (शनिबार) को राशिफल ! हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

वि.सं.२०७७ मंसिर ७ आइतवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...