रामेछाप सेवा समाज कतारले मिर्गौला रोगले पीडित शुकलाल तामाङलाई आर्थिक सहयोग पठाएको छ ।
रामेछापको दोरम्बा गाउँपालिका वाड नं.२ का पासाङ तामाङ्गका छोरा ३५ वर्षीय शुकलाल तामाङ्गको उपचारका लागि समाजले ३२ हजार ५०५ रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।
लामो समयबाट दुवै मिर्गौला फेल भई हाल उपचारको क्रममा रहेका र निजको आर्थिक अवस्था कमजोर भएकोले नेपाल सरकाबाट उपलब्ध गराउने गरीव तथा असहाय स्वास्थ्य उपचार अन्तर्गत उपचार गराइरहेका उनको सोही गाउँपालिकाबाट स्वेच्छिक सहयोगको लागि समाज समक्ष अपील गरिएपछि उक्त आर्थिक सहयोग गरिएको बताइएको छ ।
उनको पीडामा सहयोग गर्ने उद्धेश्यले समाजसेवी काजीमान तामाद्धारा रु.२ हजार ५०५ र समाजका तर्फबाट रु. ३० हजार गरी जम्मा नेपाली रु. ३२ हजार ५०५ रुपैयाँ शनिबार काजीमान तामाङ्गले विरामी तामाङ्गलाई हस्तान्तरण गरेका हुन् ।