back

रोनाल्डो चम्कदा युभेन्ट्स बिजयी, बार्सिलोनालाई एट्लेटिकोले हरायो

वि.सं.२०७७ मंसिर ७ आइतवार

108 

shares
NTC AD
Global IME AD

७ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लय कायमनै रहदा युभेन्ट्सले काग्लियारीलाई खेलमा हाबी रहदौ जीत निकाल्यो । युभेन्ट्सले काग्लियारीलाई २-० ले पराजित गरेको खेलमा दुबै गोल स्टार स्ट्राइकर रोनाल्डोले गरे । उनले दुबै गोल चार मिनेटको अन्तरमा गरेको हुन् ।

जितका साथै युभेन्ट्स अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । युभेन्ट्सका लागि खेलको ३८औं र ४२औं मिनेटमा दुबै गोल रोनाल्डोले गरे दुई गोलसँगै रोनाल्डोले सिरी ए को सर्वाधिक गोलकर्ताको सूचीमा ज्लाटन इब्राहिमोभिचसँग बराबरी ८ गोल गरेका छन् ।

बार्सिलोनाको तेस्रो हार

एट्लेटिको मड्रिडले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बार्सिलोनालाई पराजित गरेको छ । यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको एट्लेटिकोले पहिलो हाफको इन्जुरी टायममा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । एट्लेटिको जीतमा यानिक करास्कोले ४८ औँ मिनेटमा गोल गरे । एट्लेटिको मड्रिडले १० वर्षपछि स्पानिस ला लिगामा बार्सिलोनालाई पराजित गरेको हो।

उता बार्सिलोना भने सिजनको तेस्रो हारपछि झन् दबाबमा परेको छ बार्सिलोना हाल अंक तालिकाको १० औँ स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर ७ आइतवार ११:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...