Sansar News- Online for Global Nepali

ह्यारी भण्डारीद्वारा दोश्रो कार्यकालको लागि उम्मेदवारीको घोषणा

संसार न्यूज़
२ महिना पहिले
ह्यारी भण्डारीद्वारा दोश्रो कार्यकालको लागि उम्मेदवारीको घोषणा

भण्डारी मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् ।

विजय थापा, डिसी महानगर क्षेत्र । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधान सभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारी दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् ।

बिधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत आफू उम्मेदवारी दिने भएको जानकारी दिएका थिए ।

महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ । उक्त जुम कार्यक्रममा बिभिन्न बिशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरि कूल २६ हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए । उपस्थित भएका दर्जनौ विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तब्य राखेका थिए ।

सबैले पुन एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका थिए । सबैले नेपाली समुदायका जन प्रतिनिधि हुँदा नेपाली समुदायलाई उनले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दोश्रो पटक जिताउन लाग्नु पर्ने सबैले प्रतिबद्धता जाहेर गरेका थिए ।

भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुन स्एक पटक सहयोग मागेका थिए । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य बिधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् ।

भण्डारी मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ४ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ६ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…