back

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सपना मगरको नाम, जो पशुपतिमा बेबारिसे शव जलाउछिन्

वि.सं.२०७७ मंसिर ९ मंगलवार

198 

shares
NTC AD
Global IME AD

काठमाडौं । पशुपति क्षेत्रमा बेबारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । अन्तराष्ट्रिय सञ्चार संस्था बीबीसीले यस वर्षको लागि छनौट गरेको विश्वभरका १०० प्रेरक एवं प्रभावशाली महिलाको सूचीमा मगर परेकी हुन् ।

मगरले आफ्नो कठिन परिस्थितिका बाबजुत पनि समाजको लागि उदाहरणीय काम गरेको आधारमा उनलाई छनाैट गरिएकाे बीबीसीले जनाएकाे छ ।

सपना मगर बेबारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र नामक संस्थामा आवद्ध छिन् । उनको संस्थाले काठमाडौंमा भेटिने बेबारिसे शवलाई हिन्दु परम्पराअनुसार व्यवस्थापन गर्दै आएको छ ।

उनकाे संस्थाले कोरोना महामारीको समयमा पनि भेटिएका बेबारिसे शवलाई सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन गरेकाे थियाे । जुन विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै चर्चाको विषय बनेको थियो ।

मगर आवद्ध संस्थाले लकडाउनको समयमा निःशुल्क खाना खुवाउने कार्यक्रम पनि गरेको थियो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आवद्ध सपनाले हालसम्म तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाईसकेकी छिन् ।

Image shows selection of women from 2020 list

‘पुरै विश्वमा घरबार बिहिन र बेबारिसे मानिस छन्,  उनीहरु सडकमै बेबारिसे रुपमा मरिरहेका हुन्छन्, उनको पनि उचित रुपमा अन्तिम संस्कार गर्न पाउने अधिकार छ’,बीबीसीसँग मगरले भनेकी छिन्, ‘म यो काम केवल समाज सेवाको लागि मात्रै गरिरहेकी छैन्, म आफ्नो मनको शान्तीको लागि परि गरिरहेकी छु ।’

बीबीसीले सोमबार सार्वजनिक गरेको १०० प्रेरक एवं प्रभावशाली महिलाको सूचीमा उनीसहित फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत पनि परेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...