back

बेलिजका प्रधानमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमण

वि.सं.२०७७ मंसिर ९ मंगलवार

117 

shares
NTC AD
Global IME AD

९ मंसिर, मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उहाँले पुनः परीक्षण गर्नु हुने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ । सिन्ह्वा

 

वि.सं.२०७७ मंसिर ९ मंगलवार १९:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...