back

यी रहेछन् ‘र’ प्रमुखलाई नेपाल बोलाउने व्यक्ति !

वि.सं.२०७७ मंसिर १० बुधवार

123 

shares
NTC AD
Global IME AD

१० मंसिर, काठमाडौं । खुफिया ऐजेन्सी ‘र’ प्रमुख सामान्त गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल ल्याउन पहल गर्ने व्यक्तिको पहिचान भएको छ ।

यताको कुरो सुनाउन र भ्रमणको प्रपन्च मिलाउन दिल्ली गई नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटिका भ्याउने गरी स्वदेश फर्किएका हुन् । हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एयरका दुईवटा हेलिकप्टरबाट सेवा सुरु गर्ने उनको तयारी छ । दलहरुभित्र आन्तरिक द्धन्द्ध चर्किदा बेलावखत सक्रिय हुने ती व्यापारिक पात्र केही वर्षदेखि मिडिया उद्योगमा आवद्ध छन् । नाम हो, क्याप्टेन रामेश्वर थापा अर्थात् यदाकदा प्रधानमन्त्री केपी ओलीको अन्तवार्ता प्रशारण गरिरहने एपीवान टिभीका मालिक (अन्नपूर्णका अध्यक्ष) । गोयल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतिरै थिए ।

कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामान्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटलमा पुर्याएको पनि बुधबारको जनआस्थामा समाचार छ ।
होटल पुगेर गोयलसँगै थापाले पनि त्यो दिनको लञ्च त्यहि होटलमा खाएका थिए । दिनभरी त्यहिँ आराम गरेर सामान्तले आनौपचारिक भेटघाट थालेको बताइन्छ । राति नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए ।

वि.सं.२०७७ मंसिर १० बुधवार ०९:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...