back

कविता: समाज

वि.सं.२०७७ मंसिर १३ शनिवार

1.7K 

shares
NTC AD
Global IME AD

समाज,
जहाँ म जन्मे
हुर्के, बढे र शिक्षा आर्जन गरें
जहाँ मैले माया ममता
भाषा, संस्कार र संस्कृति सिखे ।

मैले राम्रो वा नराम्रो
जे सिखे
यहि समाजबाट सिखें
मान वा अपमान
जे पाए
यै समाजबाट पाए
म मान्छे बने या पशु
जे बने
यै समाजबाट सिखे र बने ।

त्यसैले ए ! समाज
पहिले तिमी असल बन
सभ्य, शिक्षित र संस्कारी बन
गुणवता बन
मानवता बन
अनि,
म र हामी र सबै
र ,
मेरो यो देश सुन्दर सभ्य बन्छ ।

मान्छेमा गुण र अवगुण
सभ्यताको बिकास
समाजबाट हुन्छ
कलिलो मष्तिकमा चेतना र बिचार
समाजबाट पाउँछ सिख्छ
तसर्थ,
हाम्रो शिक्षा र समाजिक संस्कार
साना र ठुला प्रति गरिने व्यवहार
सभ्य, सुन्दर र गतिलो हुनुपर्छ ।

यौटा बालकले
समाजबाट राम्रो शिक्षा संस्कार पाए
उ राम्रो बन्छ
नराम्रो शिक्षा संस्कार पाए
उ नराम्रो बन्छ
मान्छे असल वा खराब हुनुमा
समाजको महत्वपुर्ण देन र भुमिका हुन्छ ।

त्यसैले ए ! समाज
पहिले तिमी असल बन
सभ्य, शिक्षित र संस्कारी बन
गुणवता बन
मानवता बन
अनि,
म र हामी र सबै
र ,
मेरो यो देश सुन्दर सभ्य बन्छ ।

वि.सं.२०७७ मंसिर १३ शनिवार १०:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...