back

माछापुच्छ्रे बैंकले बोलायो पुस २ गते साधारणसभा

वि.सं.२०७७ मंसिर १४ आइतवार

159 

shares
NTC AD
Global IME AD

१४ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न पुनः २२ औं साधारणसभा आह्वान गरेको छ। बैंकले पुस २ गते होटल पोखरा ग्रान्डमा विहान ११ बजे साधारणसभा बोलाएको हो।

बैंकले यसअघि कार्तिक ६ गते साधारणसभा बोलाएकोमा कोरोना संक्रमण बढैँगएको र चार्डपर्वको समय परेकाले सभा स्थगित गरेको थियो । यस अघि तय गरेकै प्रस्तावहरु सभाले पारित गर्नेछन् । सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई यो वर्ष ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत कर सहित नगद लाभांश गरी कुल १०.४० प्रतिशत लाभांश पारित गर्नेछ ।

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । यस आधारमा असोज २१ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन्।

सभामा भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले बताएको छ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १३:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...