Sansar News- Online for Global Nepali

तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

संसार न्यूज़
२ महिना पहिले
तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् । केही खर्च बढ्नेछ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, ट
विशेष कर्म प्राप्तिको योग छ । तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम सिद्ध गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सम्भावना र अवसर खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन् । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन पनि जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला ।

०७७ मंसिर १५ गते,( सोमवार, ३० नोभेम्बर २०२०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् तपाइको आज (आइतबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल १ हप्ता पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ हप्ता पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली

यस्तो छ सेनाको अ.क पदका लागि लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली ४ दिन पहिले | संसार न्यूज़

९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि २ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…