back

जबरजस्ती करणी घटनामा मिलापत्र कागज बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

वि.सं.२०७७ मंसिर १५ सोमवार

171 

shares
NTC AD
Global IME AD

१५ मङ्सिर, बैतडी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झै झगडा भएको भनी पीडित किशोरीलाई ललाई फकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका–३ बस्ने सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका–३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका–३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष रहेका छन् ।

सोही गाउँपालिका बस्ने २१ वर्षीय दिपक सिंह धामीले गत जेठ २३ गते बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको तथा उक्त घटनाबारे गत असारमा वडा अध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भनि दिपकको कसूर लुकाउन मिलापत्र गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउद सहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो ।

हाल फरार रहेका अभियुक्त दिपक सिंह धामीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १२:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...