काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको खुट्टा भाँचिएको छ । कुकुरसँग खेल्दै गर्दा लडेर उनको खुट्टा भाँचिएको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार दिउँसो यस्तो घटना भएको थियो । खुट्टामा निकै पीडा भएपछि अस्पताल पुगेका उनको एक्सरेमा भाँचिएको अवस्था देखिएको थियो ।
जनाइएअनुसार उनको दाहिने खुट्टाको हड्डीमा चिरा परेको छ ।
NEW: @nbcnews photographer captures @JoeBiden leaving orthopedic office in Delaware where the president-elect was just treated for what his doctor called a sprained right ankle from a fall Saturday. pic.twitter.com/mTYee0BMur
— Kelly O’Donnell (@KellyO) November 29, 2020
बाइडेनको घरमा जर्मनी कुकुर छ । जुन कुकुरलाई उनले सन् २००८ देखि पाल्दै आएका थिए । उनी उक्त कुकुरसँग खेल्दै गर्दा लडेका थिए ।
बाईडेनले आगामी २० जनवरीमा संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । ७८ वर्षका उनी अमेरिकाको इतिहासमा राष्ट्रपति हुने सबैभन्दा बढि उमेरका व्यक्ति पनि हुन् ।