back

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर १५ सोमवार

147 

shares
NTC AD
Global IME AD

१५ मंसिर, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा उपमहानगरपालिकाका ४ जना र स्याङजाको वालिङ नगरपालिकाका १ जना रहेका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज पोखरा महानगरपालिका ३ का ६५ वर्षीया कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको आइतबार दिउँसो ४ः३३ मा मृत्यु भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका १६ की ५७ वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजे उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर १२ गते संक्रमण पुष्टि भएपछि चरक अस्पताल पोखरामा उपचार गराउने क्रममा मृत्यु भएकी उनमा थाइराइड, मिर्गौला लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका १८ का ५१ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर ११ गते कोरोना संक्रमण भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भइ उपचार गराइरहेका उनको आइतबार बेलुका ९ः४५ मा मृत्यु भएको हो ।

त्यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिका १४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्त्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको सोमबार दिउँसो २ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पोखराउपमहानगरपालिका १३ की ७८ वर्षीया महिलाको पनि संक्रमणको उपचारका क्रममा मृत्यु भएको छ । सोमबारै कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी उनको सोमबार दिउँसो १ः३० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पछिल्लो पटक थपिएका ५ जनासँगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...