१६ मङ्सिर, सुनसरी । एकजना किशोरको हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
दुहबी नगरपालिका–२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुजन गत बुधबारबाट हराएको भन्ने हुलिया निवेदन ईलाका प्रहरी कार्यालय दुहबीमा बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनले सुजनको हत्या गरी दुहवी नगरपालिका–२ अरुण वनस्पति उद्योगस्थित खाली जग्गामा सिलाम झारको घारीभित्र शव फालेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । सुजनको १ थान ट्याव, १ थान सिमकार्ड र २ थान मोबाईल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।