१६ मङ्सिर, काठमाडौं । नियन्त्रित लागूऔषध सहित सर्लाहीका चौधरीलाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरस्थित सडकबाट सर्लाही ईश्वरपुर नगरपालिका–७ ठेगाना भएका २९ वर्षीय रामबाबु चौधरीलाई २ हजार ५ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राजेपाम नाईट्राभेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी लागूऔषध मुद्दामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।