१५ मंसिर, काठमाडौं। गायक तथा सङ्गीतकार कृष्णभक्त राईले काडाँ जति आफूलाई बोलको गीत श्रोतामाझ लिएर आएका छन्। गीतमा लेख रचना डा दुबसु क्षेत्रीको रहेको छ ।
उक्त गीतमा स्वर र संगित दुबै स्वयम राईको नै रहेको छ । भिडियोमा मोडलिङ मनसुन राई र स्वस्तिका लिम्बूले गरेका छन् । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानल कञ्चन म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ । गीतले युवा उमेरमा हुने माया प्रेमको उतार चढावको कथा बोकेको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।