back

मदन भण्डारी फाउण्डेशनलाई वडा तहसम्म विस्तार गरिँदै

वि.सं.२०७७ मंसिर १६ मंगलवार

132 

shares
NTC AD
Global IME AD

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ। फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ।

फाउण्डेशन जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ।

रत्ननगर नगर कमिटी र भरतपुर महानगर कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए। कालिका नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमीसमेत गठन गरिएको छ।  माडी नगर कमिटी र इच्छाकामना गाउँ कमिटी गठनबारे छलफल भइरहेको बताउँदै उनले भने, “पालिका र क्षेत्रीय कमिटी गठन सम्पन्न भएपछि वडा कमिटी गठन गरिने छ।”

जननेता मदन भण्डारीका नाममा स्थापित उक्त फाउण्डेशनले सामाजिक कार्यका साथै विकासनिर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ। रक्तदान, आँखा शिविर जस्ता कार्यक्रम गरिरहेको फाउण्डेशनले दासढङ्गादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको एकीकृत विकास गर्ने अभियानमा सहजीकरण गरेको छ।

दासढङ्गा र गाँजीपुरमा गत वर्ष केही विकासका काम भइसकेका छन् भने यस वर्षका लागि पनि बजेट विनियोजन भएको छ। नेकपा(एमाले)का  तत्कालीन महासचिव भण्डारीको जीप दासढुङ्गाबाट त्रिशूलीमा खसेको थियो। उनको शव गाँजीपुरमा भेटिएको हो।

दुवै ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाउण्डेशनले सहजीकरण गरेको सहसचिव तिलक रिमालले बताए। दासढुङ्गामा राजनीतिक अध्ययन केन्द्रसमेत निर्माण गर्ने योजना छ। रासस

वि.सं.२०७७ मंसिर १६ मंगलवार १५:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...