१६ मंसिर, काडमाडौँ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह एमबिए कार्यक्रमको छात्रवृत्ति परीक्षामा उर्तिण हुने उम्मेदवाहरुको योग्यताक्रम सूची प्रकाशित गरेको छ ।
डिनको कार्यालयले गत अगष्ट महिनामा सम्पन्न एमबिए कार्यक्रमका लागि सञ्चालित छात्रृवत्ति परीक्षामा सफल हुने उम्मेदवारीको योग्यताहरुको सूचि सार्वजनिक गरेको हो ।
यो योग्यताक्रम नै अन्तिम योग्यता क्रम सूचि नभएको भन्दै दाबि बिरोधको समयावधि सकिएपछि अन्तिम योग्यताक्रम सूचि प्रकाशित गरिने र सोही योग्यताक्रम सूचिका आधारमा विद्यार्थीहरुलाई छनोट गरी कलेजहरुमा पठाइने सूचनामा जनाइएको छ ।