१८ मङ्सिर, पर्सा । खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका–६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।