२२ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज काठमाडौं उपत्यकाका ४४२ जनासहित देशैभरी १०१४ जना ससंक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका १०१४ जनामा ३७० जना महिला र ६४४ पुरुष रहेका छन् ।
आज प्रदेश १ मा ७६, प्रदेश २ मा २६, बागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ८३, लुम्बिनी प्रदेशमा १७६, कर्णाली प्रदेशमा ३१ र सुदूरपश्चिम प्रदेशमा ९८ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका १०१४ जनासहित देशैभरी कोरोना ससंक्रमितको संख्या हालसम्म २ लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यसैगरी आज देशैभरीका अस्पताल, विभिन्न आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेका १६२८ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएका १६२८ जना सहित हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । निको हुनेको यो दर ९४ प्रतिशत हो ।