Sansar News- Online for Global Nepali

पत्नी पीडित पुरुषका लागि विशेष आश्रम, यस्ता छन् प्रवेशका सर्त

संसार न्यूज़
१ महिना पहिले
पत्नी पीडित पुरुषका लागि विशेष आश्रम, यस्ता छन् प्रवेशका सर्त

काठमाडौं । सुन्दा अनौठो अनि अपत्यारिलो लाग्न सक्छ । तर, यो वास्तविकता हो । भारतको महाराष्ट्रस्थित औरंगाबादमा पत्नी पीडित पुरुष आश्रम सञ्चालनमा आएको छ । पत्नीबाट पीडित भएका पतिलाई सहयोग गर्न उक्त आश्रम स्थापना भएको हो । जहाँ पत्नीबाट पीडित पतिलाई कानूनी उपचारसँगसँगै अन्य सहयोग पनि गरिन्छ ।

भारतीय अनलाईन खास खबरकाअनुसार यस आश्रममा पछिल्लो समय सुझाब लिने पीडित पतिहरुको संख्या बढिरहेको छ । साथै आश्रममा शरण लिन आउने पनि धेरै भएका छन् ।

बीवी से पीड़ित पतियों ने वट पूर्णिमा पर की उल्टी पूजा, मांगी अजीबोगरीब  मन्नत | Husbands in Maharashtra worshiped against wife - Hindi Oneindia

कसरी खुल्यो आश्रम ?

यस आश्रमको सुरुवात स्थानीय भारत फुलारेले सन् २०१६ को नोभेम्बरमा गरेका हुन् । जनाइएअनुसार फुलारे स्वंय पत्नी पीडित हुन् ।

पत्नी पीडित उनी जब समस्यामा परे उक्त समय आफन्त तथा शुभचिन्तकले पनि साथ दिएनन् । उनलाई कानूनी लडाईँ लड्न पनि निकै कठिन भयो । कानून पनि महिला मैत्री भईरहेको सन्दर्भमा उनी निकै समस्यामा परे ।

सामाजिक तथा कानूनी दुवै रुपबाट समस्यामा परेका उनले आफुँ जस्तै पीडितहरुलाई खोजेर आश्रमको सुरुवात गरेका हुन् ।

Amazing Ashram : Patni Pidit Purush Ashram, Aurangabad - Weird Stories in Hindi

आश्रम प्रवेशमा यस्तो नियम

अनलाईन पत्रिका अनुसार सामान्य कारण देखाएकै आधारमा आश्रम प्रवेश पाईँदैन् । आश्रममा प्रवेश गर्नको लागि पत्नीबाट थोरैमा २० मुद्दा दाखिला भएको हुनुपर्ने छ । साथै सामान्य गुजारा चलाउन नसक्ने व्यक्तिलाई आश्रममा प्रवेश गराईनेछ ।

पत्नीद्वारा मुद्दा गरेसँगै जागिर बिहिन भएका पुरुषलाई पनि आश्रममा प्रवेश गराईनेछ । साथै दोस्रो विवाह गर्ने सोंच नभएको हुनुपर्ने नियम बनाइएको छ । आश्रममा रहनको लागि आफ्नो कौशलअनुसारको काम गर्नुपर्ने हुन्छ ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ५ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ७ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…