Sansar News- Online for Global Nepali

चिसो मौसम भनेर अम्बा खान डराउनु भएको छ ? नडराउनुहोस् हेर्नुहोस् त यतिधेरै रहेछन् फाइदा

संसार न्यूज़
४ महिना पहिले
चिसो मौसम भनेर अम्बा खान डराउनु भएको छ ? नडराउनुहोस् हेर्नुहोस् त यतिधेरै रहेछन् फाइदा

चिसोको मौसम छ । चिसोको मौसममा स्याउ, अम्बा, केरा,किवी लगायतका फल झन रसिला, भरिला अनि खाउँ–खाउँ लाग्ने गरी बजारमा बेच्न राखेको पाइन्छ । तर, चिसोको कारण ती फलफूलको सेवनले शरीरमा झन चिसो बढ्नै भन्दै यीबाट टाढै बस्न मन लाग्छ । तर, प्रकृतिको नियम अनुसार चल्न जान्यो र सिक्यो भने मानव जीवन जीउन अत्यन्तै सहज हुन्छ ।

त्यसो त सबैजसो फलफूलको सेवनले शरिरलाई अत्यधिक फाइदा हुन्छ । जुनसुकै विरामीले पनि अन्य खानेकुरा भन्दा बढी फलफूलमा जोड दिइएको र स्वास्थ्य विज्ञहरु पनि अन्य खानेकुरा भन्दा बढी जोड फलफूलमा दिन सुझाउँछन् ।

आज हामीले अम्बाका विषयमा कुरा गर्न गइरहेका छौं । अम्बामा औषधिय गुण हुने हुँदा यसले धेरै प्रकारका विमारबाट टाढा राख्दछ । अम्बाको सेवनले कब्जियत, मुखको घाउ सम्बन्धी समस्या छालाको समस्या र सुगर जस्ता रोग हुनेका लागि पनि यसको सेवन फाइदाजनक हुने स्वास्थ्यविज्ञ बताउँछन् ।

अम्बालाई अत्यन्तै फाइदाजनक फलका रुपमा लिइन्छ । चिसो मौसममा पाइने यो फलको सेवनले शरीरमा रहेको चिसो भगाउने बताइन्छ । कतिपय अवस्थामा अम्बालाई घाममा राखेर वा खानुभन्दा पहिले तातोपानीमा डुबाएर सेवन गर्दा राम्रो हुन्छ ।

त्यस्तै यसको सेवनले दाँत दुख्ने समस्या हटाउन सहयोग गर्दछ । अम्बाको पात चपाउनाले दाँतमा भएको दुखाई कमगर्ने बताइन्छ । साथै यसको पात पानीमा पकाएर कुल्ला गर्नाले मुखमा भएको घाउ निको हुने बताइन्छ । यतिबेला कोरोना संक्रमितहरुले पनि अम्बाको पातसहित अदुवा, लसुनको काडा पकाएर खाने गरेको पाइन्छ ।

त्यस्तै अम्बामा भरपुर मात्रामा फाइबर पाइने हुनाले यसको सेवनले डाइविटिज नियन्त्रण गर्न सकिने बताइन्छ । साथै अत्यधिक खोकी लागेको बेलामा अम्बालाई आगोमा पोलेर खाँदा खोकी हराउने बताइन्छ ।

अम्बाको पातको सेवनले पेट पोल्ने समस्या हराउछ । अम्बामा बीटा क्यारोटिन हुने हुनाले यसको सेवनले छाला सम्बन्धी समस्या, शरीरमा खुनको कमी पूरा गर्ने बताइन्छ । साथै हरेक दिन अम्बा सेवन गर्नाले होमोग्लोबिनको कमी हुनबाट बचाउँछ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…