Sansar News- Online for Global Nepali

जाडोमा शरीर तातो बनाउन मदिरा पिउनुहुन्छ ? डा. ओम मूर्ति अनिल भन्छन्–यस्तो भूल नगर्नुहोस्

संसार न्यूज़
४ महिना पहिले
जाडोमा शरीर तातो बनाउन मदिरा पिउनुहुन्छ ? डा. ओम मूर्ति अनिल भन्छन्–यस्तो भूल नगर्नुहोस्

जाडोको महिना छ । चिसो छल्नका लागि मानिसहरु तातो–तातो खानेकुरा खाएर शरिर तातो बनाउँछन् । तर केही मानिसहरु जो मदिराको लत लागेका हुन्छन् उनीहरुका लागि चिसो मौसममा मदिरा औषधि नै हुन्छन् भन्ने सोच्छन् । थोरै चिसो भइहाल्यो कि, मदिरा र मासु खाएपछि शरिर तातो हुन्छ भन्ने भ्रम पनि हुन्छ उनीहरुमा । तर, जाडो महिनामा चिसो छल्नका लागि मदिरा सेवन गर्नु स्वास्थ्यका लागि फाइदा नहुने बताउँछन् वरिष्ठ मुटुरोग विशेष डा. ओम मूर्ति अनिल ।
डा. अनिलका अनुसार चिसो महिनामा स्वस्थ्य मानिस तथा प्रेसरका विरामीले मदिरा सेवन गर्दा शरिर तातो त हुन्छ भन्ने सोचेर मदिरा सेवन गर्छन । तर, मदिरा सेवन गर्दै जाँदा मानिसको रगतमा भएको तापक्रम बाहिरी निस्कन्छ र छालामा तातो हुन्छ, जुन एक्सरसाइजका बेलामा गर्मी भएको जस्तै महसुस हुन्छ । त्यस्तो बेलामा हामीलाई लाग्छ मदिराको सेवनले शरिर तातो भयो । तथा चिसो महिनामा पनि मानिसहरु मदिरा सेवन गरेपछि थोरै कपडा लगाएर पनि बस्न सक्छन् ।

‘यो भनेको तपाईको शरीरबाट तापक्रम खेर गइरहेको छ । तपाइको भित्रि तापक्रम बाहिर सतहमा आएर चिसो भइरहेको । तपाईलाई लाग्छ अल्कोहल सेवनले गर्मी भइरहेको छ तर त्यस्तो होइन, अल्कोहलले हाम्रो शरिरको हिटलाई लस गर्छ,’ डा. अनिल भन्छन् ‘सबैभन्दा महत्वपूर्ण कुरा आजको दिनमा प्रत्येक प्रेसरका विरामी र मदिरा सेवन विरामीले यो कुरा बुझ्न जरुरी छ अनियन्त्रित रक्तचाप ब्रेन हेमरेज स्टोकको सबैभन्दा प्रमुख कारण हो । यसले दुई देखि तीन गुणा ब्रेन हेमरेजको रिस्क बढाउँछ यदि कोही व्यक्तिलाई उच्च रक्त चाप छ र नियन्त्रणमा छैन भने ।’

त्यस्तै ब्रेन ह्यामरेज हुनुको महत्वपूर्ण कारण मदिराको सेवन रहेको डा. अनिल बताउँछन् । अरु कुनै प्रेसर सुगर रोगको जोखिम नभएपनि जो व्यक्तिले मदिरा सेवन गर्छ उसलाई ब्रेन ह्यामरेजको खतरा छ । एउटै व्यक्तिमा उच्च रक्तचाप र मदिरा पान दुवै भयो भने उसलाई ब्रेन हेमरेज स्ट्रोकको (जसलाई हामी प्यारालाइसिस पनि भन्छौं) त्यसको रिस्क अत्यन्तै हने बताउँछन् डा. अनिल ।

‘जाडो महिनामा जो मदिरा प्रेमी हुनुहुन्छ उहाँहरु चिसो छ आज अलिकति मदिरा धेरै खाइदिउ भन्ने हुन्छ । तर जवान मान्छेमा पनि रक्तचाप बढ्ने र अनियन्त्रित हुने गर्दछ । त्यस्तो अवस्थामा अल्कोहल पनि थप भयो भने ब्रेन हेमरेजको जोखिम एकदम धेरै हुन्छ ।’ डा.अनिल भन्छन्, ‘यदि तपाई मदिरा सेवन नियमित रुपमा गर्नुहुन्छ भने तपाईको रक्तचापको अवस्था नियन्त्रण छ कि छैन चेक गर्नुहोस् ।’

यदि मदिरा नखाइ नहुने बानी परिसकेको अवस्था छ भने तपाईको ब्लड प्रेसर नियन्त्रण गर्न उत्तिकै जरुरी हुन्छ । नत्र सुरक्षित स्वास्थ्यका लागि जाडो महिनामा मदिरा सेवन एकदमै कम गर्नु या नखानु एकदमै राम्रो हुने सुझाव दिन्छन् डा. अनिल । उनका अनुसार अहिलेसम्मको अनुसन्धानमा कुनैपनि मदिराले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउने भन्ने नपाइएको र थोरै मात्रामा खाँदा पनि स्वास्थ्यको लागि जोखिम हुन्छ । यदि रक्तचाप नियन्त्रणमा छ र सबैकुरा सुरक्षित छ भने कहिले काँही –त्यहाँ पनि रिस्क हुन्छ) थोरै वर्षमा १–२ पटक सेवन गर्दा असर नगर्ला ! तर निरन्तर हिसावले भन्दा पनि हप्तामा १–२ पटक थोरै मात्रामा खाने गर्दा पनि ब्लड प्रेसर हाइ छ भने ब्रेन हेमरेजको जोखिम हुने बताउँछन् डा. अनिल ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…