२९ मंसिर, काठमाडौं । फोनपे पेमेन्ट सार्विक लिमिटेड र सेलपेबीच क्युआर भुक्त्तानी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाइल एप्लिकेशनबाट क्युआरमार्फत सजिलै भुक्त्तानी गर्न सक्नेछन् ।उक्त्त सम्झौता पत्रमा फोन पेकातर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
यस सहकार्य अन्र्तगत सेलपेका ग्राहकहरुले फोनपे नेटर्वकमा आबद्ध रहेको १ लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने बताइएको छ
कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त्त मेर्चेन्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्त्तान गर्न सक्नेछन् ।