३ पुष, काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि.ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ ।
सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली बजारमा प्रवेश गराएका BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION), TURISMO VELOVE 800 र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् ।
८०० सि सि इन्जिन क्षमता रहेको BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION)मा १४० bhp को पावर र ८७ nm को टर्क रहेको छ । नेपाली बजारमा BRUTALE 800RR को मूल्य रु. ४८,९०,००० रहेको छ ।
त्यस्तै DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) को मूल्य ५९,९०,००० रहेको छ भने DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) को मूल्य ५७,९०,००० रहेको छ । त्यसै गरी ८०० CC को TURISMO VELOVE 800 मा ११० bhp को पावर र ८० nm को टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य रु. ५७,९०,००० रहेको कम्पनीले जनाएको छ ।
एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित ढंगको डिजाईनसमेत रहेको छ । यसमा एडभान्स टेक्नोलोजीका साथै उच्चस्तरीय कच्चा पदार्थ र इन्जिनीयरिङ्गको प्रयोग गरिएको छ ।
एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्षव्यक्तिहरुको हातबाट जडान गरिएको छ । काठमाडौंको एसजेमोटो कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ ।
थप जानकारीको लागि ९८०११७७३०२ मा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ ।