५ पुष, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले प्रधानमन्त्रीको कदमलाई स्वागतयोग्य भनेका छन् ।
पार्टीले संसद् विघटनको निर्णयविरुद्ध कांग्रेसले आन्दोलन गर्ने भनिरहेकै बेला नेता भण्डारीले भने स्वागतयोग्य कदम भएको बताएका हुन् ।
कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।
— Chandra Bhandari (@chandra_1961) December 20, 2020
आइतबार साँझ टिव्टरमा टिव्ट गर्दै नेता भण्डारीले पार्टी भित्रको आन्तरिक झगडाले चल्नै नसक्ने भएपछि जनतालाई जिम्मा दिनु उचित भएको बताएका हुन् ।
उनले लेखेका छन् :
“कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपालाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन। चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।”