Sansar News- Online for Global Nepali

नेपाली कांग्रेसले बोलायो सर्वदलिय बैठक, प्रचण्ड, माधब नेपाल र झलनाथ पनि सहभागी हुने

संसार न्यूज़
२ महिना पहिले
नेपाली कांग्रेसले बोलायो सर्वदलिय बैठक, प्रचण्ड, माधब नेपाल  र झलनाथ पनि सहभागी हुने

६ पुस, काठमाडौं । नेपाली कांग्रेसले सर्वदलिय वैठकको आव्हान गरेको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो असंबैधानिक कदम र त्यसले सिर्जना गरेका परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाली कांग्रेसले सर्वदलिय वैठकको आव्हान गरेको बताएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत अन्य दलका नेताहरुको उपस्थित रहने सानेपा श्रोतले बताएको छ ।

बेलुका ४ बजेका लागि पार्टी कार्यालय सानेपामा डाकिएको उक्त बैठकमा ओलीले चालेको पछिल्लो कदमलाई कसरी सामना गरेर अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रीत रहने बताइएको छ ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले  प्रतिनिधिसभा  विघटन गरेसँगै आइतबारै बसेको नेपाली कांग्रेसको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियासील अन्य राजनीतिक दलहरुसँग समन्वय र सल्लाह गरी लोकतान् ित्रक पद्धतिको संरक्षणका लागि कार्य गर्ने समेत निर्णय भएको थियो ।

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ४ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…