back

छोटो समयमा नै जीवन बीमा कम्पनी तर्फ ईतिहास रच्दै यूनियन लाईफ

वि.सं.२०७७ पुस ८ बुधवार

540 

shares
NTC AD
Global IME AD

८ पुस, काठमाडौं । वि.स.२००४ सालबाट सुरु भएको बीमा व्यवसायले अहिले नेपालको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको छ । हाल नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र १ वटा पुनर्वीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरु सन्चालनमा रहेका छन् ।

बीमा कम्पनीहरुलाई स्वामित्वको आधारमा सरकारी, निजी, संयुक्त लगानी र बिदेशी शाखाका आधारमा चार किसिममा विभाजन गरिएको छ । बीमा कम्पनीहरु मध्येमा स्थापनाको छोटो समयमानै यूनियन लाईफ इन्स्योरेन्सले प्रभुत्व कायम गर्न सफल हुदै आएको देखिएको छ ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायको क्षेत्रमा वि.स २०७४ सालबाट व्यवसायीक सुरुवात गरेको थियो । यस कम्पनीको संस्थापक समूहमा नेपालको प्रतिष्ठित व्यवसायीक समुहरु जगदम्बा समुह, गोल्छा समुह, गाडिया समुह, न्यौपाने समुह, राजेश हार्डवेयर तथा टिवडेवाल समुह रहेका छन् ।

६४ लाख ५० हजार कित्ता सेयर जारी हुदै
अधिकृत पुंजी रु. २ अर्ब १५ करोड रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । त्यस मध्ये ७० प्रतिशत सेयर पहिले नै संस्थापक समुहको रहेको छभने बाँकि ३० प्रतिशत अर्थत ६४ करोड ५० लाख सेयर सर्वसाधारणको लागि छुट्याईएको छ । त्यसका लागि कम्पनीले छिट्टै नै प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको तयारी गरेको जनाएको छ । कम्पनीले नेपालीहरुमाझ्  बीमा गर्ने बानिको बिकास गर्दै नेपाली बीमा व्यवसायको दायरा बढाउदै बीमितहरुको लागि अन्तराष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने लक्ष्यका साथ काम गरि रहेको पनि जनाएको छ ।

बीमा कोषमा १०५ प्रतिशतको बृद्धी
कम्पनीको पछिल्लो बित्तिय बिबरण अनुसार चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । त्यस्तै कम्पनीको जगेडा कोषमा ७३ करोड २५ लाख रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ४१ करोड १२ लाख थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा कम्पनीले ७८ प्रतिशतले बृद्धी हासिल गर्न सफल भएको देखिएको छ । कम्पनीले चालु आ.व २०७७ को पहिलो त्रैमासिकमा १०५ प्रतिशतको बृद्धी कायम गर्दै जीवन बीमा कोष ५ अर्ब १२ करोडमा पु¥याएको छ ।

खुद बीमा शुल्कमा पनि उल्लेख्य सुधार
कम्पनीले सार्वजनिक गरेको आ.व २०७७/७८ को पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार १ अर्ब ४९ करोड ३६ लाख रुपौयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गतवर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैँयाको खुद बीमा शुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा यो रकम ७१ करोड ५४ लाख रुपैंयाँले बढी हो भने गत बर्षको भन्दा ९१ प्रतिशतले बढी हो ।

यो वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २ करोड ४१ लाख ९१ हजार ५५५ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ५ करोड ५६ लाख ५७ हजार ४३० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तुलनात्मक रुपमा कम्पनीको खुद नाफा अधिल्लो बर्षको सोहि अबधिको भन्दा कम हो । कम्पनीका अनुसार कोरोना भाईरस (कोभिड १९) महामारी तथा कम्पनीको प्रशासनीक खर्च बढेका कारण नाफामा कमी देखिएको हो ।

देशैभरि झण्डै २०० शाखा
अहिले कम्पनीले देशैभरिका आफ्ना झण्डै २०० शाखा मार्फतसेवा प्रदान गरिरहेको छ । यो संख्या नेपालमा जीवन बीमा कम्पनीहरुको सन्जालमा नेपाल लाईफ पछि दोस्रो हो । त्यस्तै जीबन बिमा शुल्क आर्जनमा पनि नेपाल लाईफ पछि दास्रो हो ।

कम्पनीको यो प्रगतिमा कम्पनीका सम्पूर्ण कर्मचारी तथा शुभचिन्तकहरुको उत्ति कै योगदान रहेको बताईएको छ । त्यसमा पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको प्रशासकीय भूमिका महत्वपूर्ण रहेको बताईएको छ । बिगत २० बर्षदेखि बिमा क्षेत्रमा लागेका कर्ण बिमा क्षेत्रको बिज्ञको रुपमा चिनिन्छन् । उनले आफनो करिअर भने बैकिङ क्षेत्रबाट सूरु गरेका थिए ।

वि.सं.२०७७ पुस ८ बुधवार १४:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...