back

प्रतिगमन विरुद्ध थप सक्रिय हुन वुद्धिजीवी पेशाकर्मीहरुको अपिल

वि.सं.२०७७ पुस ८ बुधवार

324 

shares
NTC AD
Global IME AD

८ पुस, काठमाडौं । संसद विघटनबाट प्रतिगमन भएको ठहर गर्दै वुद्धिजीवी पेशाकर्मीहरुले संयुक्त अपिल जारी गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनका संयोजक डा.दिनेश चन्द्र देवकोटा, सहसंयोजक कृष्ण राज केशी, पेशागत महासंघ नेपालका संयोजक विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका सल्लाहकार संयोजक मोहनमान स्वांर, लगायतले संयुक्त अपिल जारी गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्र बिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सू–सुचित गराउदै सबैखाले पश्चगामी अफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवी तथा पेसाकर्मी समुदायमा अनुरोध गरेका छन् ।

यस्तो छ बुद्धिजीवी पेसाकर्मीहरुको संयुक्त अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कातत्कालिन अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधिसभा विघटनको कदमप्रति हामी बुद्धिजीवी पेसाकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।  राजनीतिक अस्थिरताको पूर्णअन्त्य एवंसमाजवादका आधार निर्माण गर्नेउद्धेश्यसहित भएको पार्टी एकता,भ्रष्टाचार नियन्त्रण सहित सुशासनको स्थापना गर्ने दृढता तथा शुसासनका माध्यमबाटसर्बसाधारण नागरिकलाई प्रत्यक्ष राहतको अनुभुति दिलाउने आफनै प्रतिवद्धता विपरीत स्वेच्छाचारी ढंगबाट अलोकतान्त्रिक, पश्चगामी तथा गैह्र संबैधानिक कार्यभएको ठहर हामीले गरेका छौ।

नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्रबिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सुसुचित गराउदै सबैखाले पश्चगामीअफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवीतथा पेसाकर्मी समुदायमा हार्दिक अनुरोधगर्दछौं ।

 

वि.सं.२०७७ पुस ८ बुधवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...