back

नेप्सेमा केहि सुधार, तीन अर्ब ८५ करोडको कारोवार

वि.सं.२०७७ पुस १३ सोमवार

213 

shares
NTC AD
Global IME AD

१३ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ ।

कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ । बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

कारोवरका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोवार भयो । यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एशिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आइएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९.९०, सेन्ट्रल फाइनान्स ९.६२, राधी विद्युत् कम्पनी ७.५९, एनसिसी बैंक ६.०१, आइएमई जनरल इन्स्योरेन्स ५.६४, एनआइसी एशिया बैंक ५.४३, नेपाल ल्यूब आयल ४.८२ , शिवमु सिमेन्ट ४.६४ र प्रभु बैंकका लगानीकर्ताले ४.४८ प्रतिशतले कमाए । एबिएल डिबेञ्चर ७.६०, समटि लघुवित्त ३.८७, समृद्धि फाइनान्स ३.७३, एनएमबी पचास ३.३२, साल्ट टे«डिङ कर्पोरेशन २.९९, सानिमा माई हाइड्रोपावर २.९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । रासस

Market Summary
Total Turnover Rs: 3,850,320,045
Total Traded Shares 7,497,384
Total Transactions 36,245
Total Scrips Traded 214
Total Market Capitalization Rs. 2,700,091.57 Millions
Floated Market Capitalization Rs. 938,250.23 Millions

 

Market Information
Index Current Points Change %Change
NEPSE 2,007.29 8.57 0.43
Sensitive 382.57 1.14 0.3
Float 137.73 0.65 0.48 
Sen. Float 123.87 0.58 0.47
Sub-Indices Current Points Change %Change
Banking 1,533.75 9.34 0.61 
Trading 1,932.37 48.65 2.46  
Hotels 1,906.65 3.43 0.18  
Development Bank 2,134.84 10.29 0.48  
HydroPower 1,581.77 2.74 0.17  
Finance 865.62 2.05 0.24
Non Life Insurance 9,377.82 75.33 0.81
Manu.& Pro. 4,899.69 97.79 2.04 
Others 1,524.29 0.98 0.06  
Microfinance 3,189.20 6.08 0.19 
Life Insurance 13,215.39 29.65 0.22 
Mutual Fund 11.34 0.03 0.25  

वि.सं.२०७७ पुस १३ सोमवार १७:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...