१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार दिएकाहरुको स्वास्थ्य परीक्षण तथा शारिरीक तन्दुरुस्ती परीक्षा सम्बन्धी तालिकाका विषयमा सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कणर्यालय मानवश्रोत एवं प्रशासन विभाग भनौ छनौट महाशाखाले मंगलबार एक सूचना जारी गर्दै कात्तिक २१ गते प्रकाशित विज्ञापन अनुसार दसखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारिरीक तन्दुरुस्ती सम्बन्धी तालिका प्रदेश प्रहरी तालिम केन्द्रहरु, महानगरीय प्रहरी शिक्षालय तथा नेपाल प्रहरीको वेवसाइटमा प्रकाशन गरिने बताएको छ ।