Sansar News- Online for Global Nepali

पोखरामा नाडा र वाडा विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संसार न्यूज़
३ महिना पहिले
पोखरामा नाडा र वाडा विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० पौष, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा ) विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने जानकारी दिएका छन् । त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्छ भन्नु हुदै नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको बताए । अहिलेको विधानमा सबै प्रदेशहलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश गरेको उनको भनाइ छ । सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन । हामीले ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको उनले भने ।

कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राखेका छन् । उनले सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको आफुलाई महसुस भईरहेको बताए ।

यसै क्रममा उनले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राखेका छन् । त्यसै क्रममा उनले अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी रहेको समेत बताएका छन् । यसो भएमा हामीले तथ्यगत रुपमा आफना मागहरु सरकार समक्ष राख्न सक्ने हुँदा हामा्र मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ ।

सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिँदै त्यसको समाधानका लागी समेत आफनो सुझाबहरु व्यक्त गरे । यसै क्रममा उनले सबै व्यवसायीहरुले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने धारणा समेत राखेका छन् । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथाच सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ३ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार ४ हप्ता पहिले | संसार न्यूज़

४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…