back

फोहरको आगलागीले प्रदूषण फैलिँदा स्थानीयवासी प्रभावित

वि.सं.२०७७ पुस २१ मंगलवार

105 

shares
NTC AD
Global IME AD

२१ पुष, बेनी । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थापन हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । गत शनिबारदेखि फोहरमा आगलागी भएपछि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बजार र बस्तीमा प्रदूषण फैलिएको हो ।

लगातार फोहरको आगलागीको धुवाँले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकसँगै जिल्लाको राउवडा र गलेश्वर तथा पर्वतको बगरफाँटलगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहरको आगो नियन्त्रण लिन ध्यानाकर्षण गराए पनि नियन्त्रणको कुनै काम भएको छैन ।

जलजला गाउँपालिका वडा नं २ र ३ बौरका स्थानीयवासीले फोहरको धुवाँले प्रदूषण फैलिएको तथा यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न माग गरेका छन् ।

बगरफाँटका युवा विज्ञान शर्माले अवैज्ञानिक तवरले गरिएको फोहर व्यवस्थापनको कार्यलाई रोक्न नगरपालिकाले तत्कालै ध्यान दिनुपर्ने बताए ।

पवित्र कालीगण्डकी नदीको किनारमा अवैज्ञानिक तवरले फोहर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयवासी हीरा बरुवालको भनाइ छ ।

‘‘यो आजको मात्रै समस्या होइन, दशकौँदेखिको समस्या हो, फोहरको धुवाँले स्वासप्रश्वासमासमेत समस्या बढाएको छ’’, बरुवालले भने । यता बेनी नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र परिसरमा थुपारिएको फोहरमा बाहिरका व्यक्तिले आगलागी गराउँदा प्रदूषण फैलाएको जनाएको छ ।

दुई वर्षदेखि ठूलो पहिराको फोहर व्यवस्थापन केन्द्रमा थुपारिएको फोहरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहरको वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको नगरपालिकाले बताएको छ ।

सङ्कलन केन्द्रको बाहिर थुपारेर राखेको फोहरको थुप्रो नजिकै एक व्यवसायीले आफ्ना म्याद नाघेका सामग्री जलाएको र सोही आगो फोहरमा सल्किएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

उनका अुनसार दमकलको सहायताले पानी हालेर फोहरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दीर्घकालीन रुपमा फोहरमा आगलागी भएमा कालीगण्डकी नदीको पानीलाई उपयोग गरी तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी गरिएको छ ।

नगरपालिकासँग सम्झौता गरी फोहर व्यवस्थापन गर्दै आएको मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालिले पुनःप्रयोग हुने सामान, कुहिने र नकुहिने सामग्रीको वर्गीकरण गरेर फोहरलाई नगदमा रुपान्तरण गर्दै आएको थियो । प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् ।

नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले फोहर व्यवस्थापन केन्द्रको निरीक्षण गरी तत्काल फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न सो कम्पनीलाई निर्देशन समेत दिइसकेको छ ।
रासस

वि.सं.२०७७ पुस २१ मंगलवार १२:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

दमौली (तनहुँ) । समुद्र सतहबाट दुई हजार एक सय ३४...