back

उपल्लो मुस्ताङमा भारी हिमपात

वि.सं.२०७७ पुस २१ मंगलवार

153 

shares
NTC AD
Global IME AD

२१ पुष, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।
सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।

चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताए । ‘‘हामी धेरै पोखरा, काठमाडौंमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्”, विष्टले भने, “चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ ।” चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन् ।’’

चौँरी खर्क र गोठ हिउँले पुरिएका छन् । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको हो । बुधबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १५:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...