Sansar News- Online for Global Nepali

प्रतिनिधि सभा विघटन पछि ध्यान प्रदेशसभा तर्फ, विघटन कति सम्भव ? बसहमा प्रदेश सभा

सन्देश अर्याल
२ हप्ता पहिले
प्रतिनिधि सभा विघटन पछि ध्यान प्रदेशसभा तर्फ, विघटन कति सम्भव ?

पुस २२, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रदेशसभामा ‘राजनीतिक हस्तक्षेप’ हुनसक्ने अभिव्यत्ति दिएसँगै राजनीतिक वृत्तमा थप नयाँ तरंग उत्पन्न भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलकी मन्त्री तुम्बाहाङ्फेले सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश संकटबारे बोल्दै यस्तो अभिव्यत्ति दिएकी थिइन् ।

‘राष्ट्रिय स्तरमा पार्टीभित्र भएको जुन तनाव र समस्या छ, त्यसको प्रभाव त्यहाँ (प्रदेशसभामा) पनि परेको छ’, तुम्बाहाङ्फेले भनेकी छिन्, ‘प्रदेशसभाको ऐन र नियमवाली छ, त्योअनुसार उसले गर्न सक्ने सम्भावना रहन्छ ।’

नेकपा विभाजनसँगै लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का सरकारहरु अल्पमतमा परेका छन् । जहाँ ओली पक्षीय नेताहरु नै मुख्यमन्त्रीको रुपमा छन् ।

हाल प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ । दुवै प्रदेशका मुख्यमन्त्रीलाई बहुमत पुर्याउन निकै सकस छ । आफुँ पक्षीय मुख्यमन्त्रीहरु संकटमा पुगेका बेला ओलीले प्रदेशसभाहरु भंग गर्नसक्ने सम्भावना यसअघिदेखि औल्यांइएको थियो । जसबारे तुम्बाहाङ्फेको संकेतले तरंगीत बनाएको हो ।

कानूनी रुपमा प्रदेशसभा विघटन कति सहज ?

नेपालको संविधान २०७२ को धारा २३२ को (३) मा राष्ट्रपतिबाट प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने कुरा उल्लेख छ ।

‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषदलाई र प्रदेश सभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ’, संविधानको धारा २३२ को उपधारा (३) मा भनिएको छ ।

तर, विघटनको कार्य संघीय संसदको बहुमतबाट ३५ दिनभित्रमा अनुमोदन गराउनुपर्ने प्रावधान उपधारा ४ मा उल्लेख छ । यदि अनुमोदन नभए उक्त विघटनसम्बन्धी कार्य स्वतः निस्क्रिय हुने उल्लेख छ ।

अनुमोदन गरिएको खण्डमा उक्त प्रदेशमा ६ महिनाभित्र प्रदेश सभाको निर्वाचन गराईसक्नुपर्ने प्रावधान संविधानमा उल्लेख छ । विघटन भएको अवधिमा उक्त प्रदेशमा संघीय शासन लागु रहने संवैधानिक व्यवस्था छ ।

के भन्छन् नेकपाका नेता ?

संविधान सभा अध्यक्षसमेत रहेका नेकपाको ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङ प्रदेश सभा विघटनको चर्चा बेकारको भएको बताउँछन् । उनका अनुुसार प्रतिनिधि सभा विघटन जस्तै प्रदेशसभा विघटन हुन सक्दैन् । नेम्वाङले संसार न्यूजसँगको संवादमा प्रदेश सभामा जे जस्ता समस्या देखिएका भएपनि विघटनको चर्चा कतै नचलेको बताए ।

नेम्वाङजस्तै पूर्वकानून मन्त्रीसमेत रहेका नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेता देव गुरुङ प्रदेश सभा विघटन सामान्य अवस्थामा हुनै नसक्ने बताउँछन् । उनका अनुसार राष्ट्रियता, स्वाधिनता, भौगोलिग अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर प्रकारको संकट देखिएको अवस्थामा मात्रै प्रदेश सभाको विघटन गर्न मिल्छ ।

‘संविधानले सामान्य राजनीतिक अवस्थामा प्रदेश सभा विघटन गर्ने परिकल्पना नै गरेको छैन् । राष्ट्रियता, स्वाधिनता, भौगोलिग अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर प्रकारको संकट देखियो भने मात्रै राष्ट्रपतिबाट प्रदेशसभा विघटन गर्न मिल्छ’, नेता गुरुङले भने, ‘तर, सामान्य अवस्थामा केन्द्रले प्रदेश विघटन गर्न पाउने संविधानको व्यवस्था होइन् ।’

संविधान नै नमान्ने र च्यात्ने हो भने त जे पनि हुनसक्ने उनको भनाई छ । उनले भने, ‘संविधान नै च्यातेर जे पनि गर्न त सक्ने अवस्था रहन्छ, संविधान च्यातेर गर्ने कुरा अलग भयो तर, संविधान नच्यात्ने हो भने संविधानमा प्रदेश सभा विघटनको परिकल्पना छैन् ।’

सम्बन्धित समाचार

संविधान नै च्यातेर अगाडि बढे मात्रै प्रदेशसभा विघटन हुन्छ नत्र हुन्न : देव गुरुङ

सर्बाधिक पढिएको

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ४ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली २ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार…