पुस २३, काठमाडौं । बुधबार अमेरिकी संसदभित्र भएको हिंसात्मक घटनाले निकै प्रश्नहरु उब्जीएका छन् । घटनाले अमेरिकाको हालको संकट त देखाएको छ नै आगामी संकटलाई पनि संकेत गरेको छ ।
केहि अन्तराष्ट्रिय सञ्चार माध्यमले अमेरिका कतै गृहयुद्ध तर्फ जान लागेको त होइन भन्ने प्रश्न पनि गरेका छन् । बुधबार भएको घटनाले अमेरिकाभित्रको समस्या सामान्यकृत अवस्थामा नरहेको धेरैको बुझाई छ ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पनि प्रारम्भिक प्रतिक्रियामा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोह सुरु गरेको बताएका छन् । सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘संसदभित्र भएको घटना विरोधको घटना होइन्, यो एक विद्रोह हो ।’
ट्रम्पले किन गराए संसदभित्र हिंसा ?
गत ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिय निर्वाचन भएको थियो । जुन निर्वाचनको नतिजा जो बाइडेनको पक्षमा आएको थियो ।
जो बाइडेनले ३०६ इलेक्ट्रोरल मत पाएका थिए भने ट्रम्पले २३२ मात्रै मत प्राप्त गरेका थिए । राष्ट्रपतिमा निर्वाचित हुनको लागि २७० भोट चाहिन्छ । तर, बाइडेनले बहुमतभन्दा पनि अधिक भोट प्राप्त गरेका थिए ।
तर, उक्त नतिजाप्रति हालका राष्ट्रपति ट्रम्प भने सहमत छैनन् । उनले आफुँले नै जितेको भन्दै उक्त जितलाई अस्वीकार गर्दै आएका छन् । उनले चुनावी नतिजाको छानबिनको लागि अदालतमा पनि निवेदन दिएका थिए ।
बुधबार अमेरिकी संसदको दुवै सदनमा प्राप्त इलोक्ट्रोरल भोटलाई गन्ने र वैद्यानिकता दिने कार्यक्रम थियो । सदनले वैद्यानिकता दिएसँगै बाइडेनले सपथ लिने बाटोसमेत खुल्थ्यो । तर, ट्रम्पले उक्त बाटो बन्द गर्नको लागि संसदमा हिंसात्मक घटना घटाएका हुन् । तर, यसमा उनी असफल भएका छन् ।
अहिले हिंसात्मक प्रदर्शनलाई सुरक्षाकर्मीले नियन्त्रण लिएको छ भने संसदमा मतगणना जारी छ । प्रदर्शनलाई मध्यनजर गर्दै वाशिंटनभर कफ्र्यू छ ।
ट्रम्पको सोंचले निम्तिन सक्छ युद्ध
राष्ट्रपतिय निर्वाचन चल्दै गर्दै अमेरिकी विश्लेषक रोबर्ट रीचले भनेका थिए, ‘यदि बाइडेनले चुनाव हराए भने ट्रम्पले नतिजा स्वीकार्ने छैनन्, उनले राष्ट्रवाद र नश्लवादको साहारा लिनेछन्, नतिजालाई अस्वीकार गर्दै देशव्यापी प्रदर्शनलाई बढावा दिनेछन् ।’ विश्लेषक रीचको भनाई आज अमेरिकामा देखिएको घटनाले पुष्टी भएको छ ।
ट्रम्पले चुनावी नतिजा आएको ६४ दिनसम्म पनि नतिजालाई स्वीकार गरेका छैनन् । उनले आफ्ना समर्थकलाई पनि भड्काउने खालका अभिव्यक्ति दिइरहेका छन् ।
वैद्यानिक बाटोबाट सत्ता छाड्न परेको खण्डमा पनि ट्रम्पले हिंसाको बाटो लिनसक्ने बुझाई अमेरिकामा छ । उनले राष्ट्रवादी र नश्लवादी सोंचलाई उचालेर अमेरिकामा गृहयुद्ध गराउन सक्ने अमेरिकी विश्लेषकहरुको विश्लेषण छ । अहिलेको निर्वाचनमा पनि उनले राष्ट्रवाद र नश्लवादलाई नै अगाडि सारेका थिए ।
निर्वाचनपूर्व एक श्वेत प्रहरीले जर्ज फ्लोयड नाम गरेका एक अश्वेत व्यक्तिलाई घाँटी न्याकेर हत्या गरेको घटनासँगै अमेरिकामा निकै ठुला प्रदर्शन भएका थिए । तर, उक्त घटनाप्रति भने ट्रम्पले माफीसमेत मागेका थिएनन् । उनले मारिएका व्यक्तिलाई ‘चोर’को संज्ञा दिएका थिए ।
घटना लगत्तै सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस निकै भाइरल पनि बनेको थियो । उनले लेखेका थिए, ‘जब लुट्न शुरु हुन्छ, तब गोली हान्न पनि शुरु हुन्छ, यसैकारण मिनेपोलिसमा बुधबार राति एक व्यक्तिलाई गोली हानेर मारिएको थियो ।’
Looting leads to shooting, and that’s why a man was shot and killed in Minneapolis on Wednesday night – or look at what just happened in Louisville with 7 people shot. I don’t want this to happen, and that’s what the expression put out last night means….
— Donald J. Trump (@realDonaldTrump) May 29, 2020
फ्लोयडको हत्याअघि अमेरिकामा फेब्रुअरी र मार्चमा त्यसगरि २ अश्वेत जातीका व्यक्तिलाई मारिएको थियो ।
उनको नश्लवादी सोंच गम्भीर खालको भएको धेरैको बुझाई छ । उनको सोंचले नै अमेरिकामा द्धन्द्ध सिर्जना गराउन सक्ने विश्लेषकहरुको धारणा छ । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
वाशिंगटन हिंसा : मृत्यु हुनेको संख्या चार पुग्यो, हिंसा नियन्त्रणपछि बैठक सुरु