Sansar News- Online for Global Nepali

स्थानीय पूर्वाधार विकास कार्यालय स्थापना

संसार न्यूज़
२ हप्ता पहिले
स्थानीय पूर्वाधार विकास कार्यालय स्थापना

२४ पुष, सुदूरपश्चिम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ ।

देशका सबै प्रदेशमा एक÷एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरी काम अघि बढाउने सरकारको नीतिबमोजिम सुदूरपश्चिम प्रदेशका हकमा धनगढीमा यो कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालयबाट पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहको क्षमता विकासका साथै सडक, पुल निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ । कार्यालयअन्तर्गत पूर्वाधारको गुणस्तर परीक्षण गर्न प्रदेशमा उच्चस्तरको प्रयोगशाला स्थापना गरिने जनाइएको छ ।

यस्तै पूर्वाधार निर्माणका लागि वैदेशिक सहयोग परिचालन गर्न सहजीकरण गर्नेलगायत काम गर्ने जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बिहीबार कार्यालयको उद्घाटन गरेका थिए ।
रासस

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ५ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ७ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…