back

पाँच मुक्तक

वि.सं.२०७७ पुस २५ शनिवार

117 

shares
NTC AD
Global IME AD

१.
मिठा भाषणको बाढी,भेल चल्छ यहाँ
अरुलाई खसाल्ने जालझेल चल्छ यहाँ
यस्तो तालले देश उँभो लाग्छ खै कसरी
जव रेल चल्ने बेलामा खेल चल्छ यहाँ ।
२.
यादहरु आउँछन अनि जगाई रहन्छन्
कल्पनामा आई मलाई डगाई रहन्छन्
चोट के हो नजिकबाट सिकाउन होला
बेला बेला दुईचार घाउ लगाई रहन्छन् ।
३.
कहाँसम्म छ बश्त्र,भेषको सिमा कोहि बुझ्दैनन्
महत्व के को छ यो जिन्दगीमा कोहि बुझ्दैनन्
दिनै पिच्छे सडक छेउमा फिजाएर बस्दा पनि
शीरको शोभा टोपीको महिमा कोहि बुझ्दैनन् ।
४.
भव्य शान कहाँ बाट जमाउनु भो हजुर ?
कुन ठाउँको गाडधन समाउनु भो हजुर ?
पैत्रिक जेथा खासै भको हैन भन्छन चिन्ने
महल, सवारी कहाँ बाट कमाउनु भो हजुर ?
५.
बाटो छेक्ने कुरा नगर मरीहाल्छु म
प्रितमा सेक्ने कुरा नगर मरीहाल्छु म
तिमीलाई राख्न छाति नै काफी होला,
मुटुमा टेक्ने कुरा नगर मरीहाल्छु म ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...