नखरा हुनेका अनेक रूप हुन्छन् ;
नजरैले बोल्छन् अधर चुप हुन्छन् ।
कर्काइ नजरको देख्दैनन् अरूले ;
सनेसमात्र पाए छापछुप हुन्छन् ।
आफूलाई ठान्छन् साम्राज्ञी जगैको;
सजेका मनैमा अनेक भूप हुन्छन् ।
छ उकुसमुकुस क्या मनैमा भरेको ;
बाहिरको ठण्डा भित्री धुप हुन्छन् ।
पगाल्छन् अनेकौं बनाई बहाना ;
आहा! सिपालु बहुत खुप हुन्छन् ।