उनलाई चिट्ठा पर्यो मलाई पर्दैन
पत्थर जस्तो मन रैछ आँसु झर्दैन ।
बिर्सन कयौ चोटी कोशिस गरे मैले
मिलनको अनुभूति कहिले मर्दैन ।
हुँदा खाने मात्रै साथी संगी भएपछि
एकछाक नून नि ऐंचो पैंचो टर्दैन ।
यत्रो बिजोग भैसक्यो मान्छेहरूको
समाधान गर्न कोही नि अघि सर्दैन ।
मार्सिको भात खाएका एउटै भान्छामा
अहिले आ’ र राम्रो कुरा गर्दै गर्दैन ।।