काठमाडौँ । निर्देशक सिद्धार्थ आनन्दको नयाँ चलचित्र ‘फाइटर’ मा नायक ऋतिक रोशन र नायीका दीपिका पादुकोण एकसाथ देखिने भएका छन् । ऋतिकसँग मिलेर सिद्धार्थले उक्त चलचित्र बनाउन लागेका हुन् ।
यस भन्दा अगाडि ऋतिकले सिद्धार्थकै चलचित्र ‘वार’ मा काम गरेका थिए । उक्त चलचित्रले गतवर्ष सर्वाधिक कमाई गर्न सफल भएको थियो र दर्शकहरुले फेरिपनि उनलाई एक्सन अवतारमै हेर्न चाहेकोले उक्त चलचित्रमा उनले काम गर्ने भएका छन् ।
दीपिका र ऋतिक एकसाथ एक्सन अवतारमा आउन लागेको उक्त चलचित्रको छायांकन डिसेम्बर महिनाबाट सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ऋतिक र दीपिकाको जोडी एकसाथ देखिन लागेकोमा दर्शकहरु निकै उत्साहित रहेका छन् ।