back

रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की – सीमामा बस्नुस् !

वि.सं.२०७७ पुस २६ आइतवार

141 

shares
NTC AD
Global IME AD

पुस २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई धम्की दिएका छन् । उनले मिश्रलाई सीमामा बस्न भनेका छन् ।

संसद विघटन र प्रधानमन्त्री ओली पक्षीय आमसभा लक्षित मिश्रको टिप्पणीप्रति आक्रोशित रिमालले मिश्रलाई चेतावनीपूर्णं भाषामा सीमामा बस्न र मर्यादा नघान्न भनेका हुन् ।

‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो !’, मिश्रले सामाजिक सञ्जालमा लेखेका थिए ।

जसबाट आक्रोशित रिमालले धम्कीपूर्णं भाषामा मिश्रलाई सीमामा बस्न भनेका छन् । ‘सीमामा बस्नुस् रबीन्द्र जी !, तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन ।, यति चाहि भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

जसको जवाफमा मिश्रले रिमालको धम्कीपूर्णं भाषा उपयुक्त नभएको बताएका छन् । उनले भनेका छन् , ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र।’

मिश्र र मिश्र नेतृत्वको पार्टी विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित विरोधका कार्यक्रम गर्दै आएको छ । भ्रष्टाचारका मुद्दामा विरोध गर्दै आएको साझाले पछिल्लो संसद विघटनको विषयलाई लिएर सडक आन्दोलनसमेत गरिरहेको छ ।

वि.सं.२०७७ पुस २६ आइतवार १३:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...