back

कुसल व्यवस्थापनका कारण चार वर्षमा तीन पटक ‘बैंक अफ द इयर’ बन्न सफल एनएमबि

वि.सं.२०७७ पुस २६ आइतवार

216 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये पूँजीका आधारमा एनएमबि बैंक पाँचौ ठुलो पू्ँजी भएको बैंक हो । बैंकले सार्बजनिक गरेको पछिल्लो बित्तिय बिबरण अनुसार उसको हाल १३ अर्ब ९५ करोड रुपैंया चुक्ता पूँजी रहेको छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार प्रत्येक वाणिज्य बैंकको चुक्ता पुजी ८ अर्ब भन्दा माथि हुनुपर्ने नियम रहेको छ । हाल सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको १८ अर्ब ९८ करोड रुपैँयाँ चुक्ता पूँजी रहेको छभने सबैभन्दा कम सिभिल बैंकको ८ अर्ब चुक्ता पूजी रहेको छ ।

सन् २००८ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत पाएको बैंकले नेपाली वित्तिय क्षेत्रमा २० वर्षदेखिको अनुभव बटुलेको छ । पछिल्लो चार वर्षमा तीन पटक ‘बैंक अफ दी इयर’ बन्न सफल बैंक नेपालमा संचालित वाणिज्य बैंकहरु मध्ये अग्रणी स्थानमा रहन सफल बन्दै आएको छ ।

सन् २०१६ बाट नेदरल्याण्डको अन्ट्रप्रेनियुरियल डेभेलपमेण्ट बैंक (FMO) को १४.१८ प्रतिशत शेयर लगानी रहेको छ । एफएमओ बैंकको सबैभन्दा ठुलो शेयरधनीको रुपमा रहेको छ ।

बैंकले विशेषगरी नेपालको वातावरणीय र सामाजिक जोखिम न्यूनिकरण व्यवस्थापन लगाएत नवीकरणीय उर्जा र कृषी क्षेत्रको विकासका लागि अग्रणी भुमिका निर्वाह गर्दै आएको छ ।

लण्डनबाट प्रकाशित हुने ९० वर्षलामो इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘द फाइनान्नशियल टाइम्स’ ले बैंकलाई चार बर्षमा तीन पटक ‘बैंक अफ द इयर’ले सम्मान गरेको छ । उक्त पत्रिकाले बैंकलाई २०१७, २०१८ र २०२० मा ‘बैंक अफ द इयर’ बाट सम्मान गरेको हो ।

बैंक सफल हुनुको पाँच सुत्र
सेवाग्राहीहरुको वित्तीय आवश्यकता पुरा गर्नको लागि सहज वातावरण बनाउन सदैब तत्पर रहने भएका कारणनै बैंकको उचाई चुलिदै गइरहेको छ । त्यसको अलवा बैंकले समय सापेक्ष प्रणालीमा अप्डेट गर्नु, सेवाग्राहीको भावना अनुसार काम गर्न प्रयासरत हुनु, आफुले गर्नुपर्ने काम प्रती उत्तरदाई बन्नु, दिगो र निरन्तर विकासका लागी दृढ रहनु तथा उत्कृष्ट सेवाको लागि संकल्पित रहनुलाईनै बैंकको सफलताको सुत्रको रुपमा लिइएको छ ।

बाह्र शिर्षकमा कर्जा प्रवाह
एनएमबि बैंकले हाल बाह्र शिर्षकमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले एनएमबि सापटी, एनएमबि विद्युतिय गाडी कर्जा, एनएमबि प्रि अप्रुभ्ड घर कर्जा, बलुनिङ र उल्टो बलुनिङ घर कर्जा, एनएमबि फिक्स रेट होम लोन, एलएपी, ल्याण्ड पर्चेज लोन, एनएमबि फिक्स रेट होम लोन(२ वर्षे), सुनचाँदी कर्जा, घर कर्जा, शैक्षिक कर्जा र मुद्दति खाता विरुद्ध कर्जा प्रदान गर्दै आएको छ ।

शाखा रहित बैंकिङ सेवा
बैंकले हाल नेपालभरको १८० शाखाहरु, ९ वटा एक्सटेन्सन काउन्टरहरु र १३५ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ । यसको अलवा बैंकले शाखा रहित विभिन्न जिल्लाहरुबाट पनि शाखा रहित सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले नेपालका ग्रामिण क्षेत्रहरुका सेवाग्राहिहरुका लागि निक्षेप र कर्जा प्रवाहको सुविधा सहितकाे शाखा रहित सेवा समेत प्रदान गर्दै आएको छ । यो सेवाको प्रभावकारिता बढ्दै गएकाले बैंक अन्य स्थानमा पनि यो सेवा विस्तार गर्दै लाने सोचमा रहेको छ ।

बैंकका अध्यक्ष नै कृषि उद्यमी
एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान हुन् । उनी नेपालको कृषि क्षेत्रमा लगानी गर्ने कृषि उद्यमी पनि हुन् । उनले नेपालको बिभिन्न भागमा ठूलोस्तरका कृषि फर्महरु सन्चालनमा ल्याएका छन् । अध्यक्ष नै कृषिकर्ममा भए पछि बैंकले पनि कृषि व्यवसायमा संलग्न हुन चाहानेहरुलाई आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

सहुलियतपुर्ण कर्जा प्रबाह गर्ने अग्रणी बैंक
नेपाल सरकारले सन्चालनमा ल्याएको सहुलियतपूर्ण कर्जा प्रबाहमा यो बैंक अग्रस्थानमा देखिएको छ । सहुलियतपूर्ण कृषि कर्जा तथा विदेशबाट फर्किएका यूवा स्वरोजगार कर्जा मा बैंकले उल्लेख्य लगानी गरेको छ । यसका साथै यूवा बर्गलाई उद्यमी बनाउने उद्देश्यले बैंकले राष्ट्रिय यूवापरिषद संग सहकार्य गर्दै लगानी गरिरहेको जनाएको छ । यहि शिल-शिलामा उसले देशका बिभिन्न भागमा विदेशबाट फर्किएका यूवाहरुको समूह बनाएर लगानी गरिरहेको जनाएको छ ।

वि.सं.२०७७ पुस २६ आइतवार १४:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

उच्च अङ्कले बढ्यो नेप्से, नाघ्यो २१ सय

उच्च अङ्कले बढ्यो नेप्से, नाघ्यो २१ सय

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...