back

सांसद पन्तले भने-‘प्रधानमन्त्रीज्यू, गेस पेपर पढेर भएन संविधान पढ्नुहोस्’

वि.सं.२०७७ पुस २६ आइतवार

222 

shares
NTC AD
Global IME AD

२६ पुस, काठमाडौं । राष्ट्रियसभाका सदस्य सांसद प्रकाश पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गेस पेपर नपढेर संविधान पढ्न सुझाव दिएका छन् ।

आइतबार राष्ट्रिसभामा प्रधानमन्त्रीको सम्बोधन पश्चात दिइएको एक मिनेटको समयमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? त्यो त नहर भत्काएर रोपाइँ गर्न जा भनेजस्तो भएन र भन्ने प्रश्न गरेका थिए ।

‘मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो । संसदको विघटन पनि यस्तै भयो । संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? नहर भत्काएर रोपाइँ गर्न जा भनेजस्तो भएन, नहर नबनेसम्म रोपाइ हुन सक्तैन । संविधान बाँचे चुनाबमा जाउँला, चुनाव त राजाले पनि गर्छु भनेका थिए । जमिन खोजेको चित्र बाड्नु भयो, चुच्चे जमिन ल्याउन नसकेर संसद भंग गर्नु भएको हो ? जतिसुकै तर्क गरे पनि संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक छ । गेस पेपर पढेर भएन प्रधानमन्त्रीज्यू संविधान पढ्नु पर्यो ।’ उनले प्रश्न गर्ने क्रममा भनेका थिए ।

उक्त क्रममा सांसद पन्त, जितेन्द्र नारायण देव, प्रमिला कुमारी र रमेशजंग रायमाझीले प्रधानमन्त्रीको सम्बोधन पश्चात प्रश्न गरेका थिए ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...