Sansar News- Online for Global Nepali

सडकमै दाइले भाइको घाँटी रेटी रहे, भिड रमाइलो मान्दै भिडियो बनाइरह्यो

संसार न्यूज़
७ दिन पहिले
सडकमै दाइले भाइको घाँटी रेटी रहे, भिड रमाइलो मान्दै भिडियो बनाइरह्यो

२६ पुष । आजकल मानिस कति साह्रै क्रुर बन्दैछ र समाज कसरी तमासे बन्दैछ भन्ने एक घटना हालै घटेको छ ।
घटना हो भारतको राजस्थानको  सिकर जिल्लाको। २१ वर्षिय दाइले सडकमै १० वर्षका भाइको ब्लेडले घाँटी रेटेर हत्या गर्दछ, वरपर मान्छेहरुको भिड रमिते बनेर भिडियो बनाइरहन्छ । भिडलाई लाग्दछ की त्यहाँ दाजुभाइ झगडा गरिरहेछन् । घाँटी काटिँदा निस्किरहेको बालकको चिच्याहाट पनि उनीहरुका लागि रमाइलो लाग्दछ । ५०–६० जना मानिसहरु चुपचाप टाढा बसेर तमाशा हेरिरहन्छन् र आफ्नो मोबाइलबाट भिडियो बनाइरहन्छन् ।

तर त्यहाँ दाजुभाइको झगडा भएको हुँदैन । एक २१ वर्षीय पुरुषले आफ्नै भाइ(अंकलको छोरा)लाई भूईँमा लडाएर घाँटी काटेर हत्या गरिरहेको हुन्छ । भिडियो लिइरहेको भिड दाजुभाइको झगडा सम्झेर रमाइलो मानेर भिडियो लिएर बस्छ । तर भिड तब मात्र तर्सन्छ जब सडकमा रगत देखिन्छ । भिड घटनास्थलमा जाँदा ढिला भैसकेको हुन्छ, १० वर्षीय ती बालकको ज्यान गैसकेको हुन्छ । दाइले भाइको गर्दन रेटेर हत्या गरेको लाइव वीडियो सार्वजनिक भएसँगै सनसनी बनेर फैलिएको छ ।

घटनाको विवरण :
भारतको राजस्थानको  सिकर जिल्ला । शुक्रबार दिउँसो कैलाश चन्द नाम गरेका २१ वर्षीय दाइले १० सालका भाइ उत्तम आलोरियालाई घरदेखि एक किलोमिटर परको स्कुलमा पोषाहार लिन गैरहेका थिए । भाइलाई बाटामै रोकेर त्यहाँबाट पुरानो एक पटवार घरमा लैजान्छ र घर नजिकै बाटोमै ब्लेडले घाँटी रेटेर हत्या गर्दछ ।

वरिपरि रहेका मानिसले आरोपीलाई पक्राउ गर्दछन् । जब मानिसहरुले आरोपीलाई पक्राउ गर्दछन् त तब उ चर्को स्वरमा पुलिससँग पनि आफूले नैब्लेडले घाँटी रेटेर भाइ मारेको बताउँछ भन्दछ । आरोपीले यो भनेको कुरा पनि सोसल मिडियामा निकै भाइरल भएको छ ।

पुलिसले पक्राउ गरेर लगेपछि पनि उसले घटना आफूले नै नियोजित रुपमा घटाएको बताउँछ । मृतकका पीता आरोपी कैलासको अंकल जहिले पनि आफ्नो मजाक उडाउने गर्दथे । बाल्यकालमा पनि पढ्न दिएनन् । ‘तलाई केही आउँदैन’ सँधै भनिरहने गर्दथे । यसैले अंकलसँग रिस फेर्न भाइ मारेको बताएका छन् ।

कैलासले भाइलाई मार्ने योजना पहिल्यै देखि बनाएका थिए । सो दिन एक पसलबाट ब्लेड किन्छ । स्कुलमा पोसाहार दिलाउने बहाना बनाएर उत्तम र उसको सानो भाइलाई घरबाट आफ्नो साथ लिएर हिडछ । स्कुलमा जाने क्रममा कैलासले उत्तमलाई समाउँछ, उसको सानो भाइ भने डराएर भाग्छ । उत्तमलाई  उसले शिकार बनाउँछ । आरोपी कैलाश चंद, आईटीआईका विद्यार्थी हुन् ।

(स्रोत : भारतीय संचारमाध्यमबाट)

सर्बाधिक पढिएको

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ४ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली २ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार…