काठमाडौं । विश्वमै सबैभन्दा धेरै ट्विटर फलोअर्स भएका सक्रिय नेतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्टमाथि प्रतिबन्ध लागेसँगै मोदी सबैभन्दा धेरै फलोअर्स हुने नेता परेका हुन् ।
मोदीका दुई ट्विटर एकाउण्टमध्ये नरेन्द्र मोदीमा ६ करोड ४७ लाख बढि फलोअर्स छन् ।
यसअघि ट्रम्प विश्वमै बढि ट्विटर फलोअर्स हुने सक्रिय नेतामा गनिन्थे । तर, अमेरिकी संसदमा भएको हिंसात्मक घटनासँगै ट्विटरले ट्रम्पको एकाउण्टमाथि कारबाही स्वरुप प्रतिबन्ध लगाएको थियो ।
ट्रम्पको ८ करोड ८७ लाख फलोअर्स थिए । उनको मोदीभन्दा २ करोड बढि फलोअर्स थिए ।
राजनीतिमा सक्रिय नभएका अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा भने विश्वमै सबैभन्दा बढि ट्विटर फलोअर्स हुने नेतामा पर्दछन् । उनको १२ करोड ७९ लाख बढि फलोअर्स छन् । तर, उनी सक्रिय राजनीतिमा नरहेको कारण मोदीको नाम अगाडि आएको हो ।